सहायक प्रजिअसहित कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित

तानसेन । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्पादन हुने काम प्रभावित भएको छ।

सहायक प्रजिअलाई संक्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा रहेका अन्य कर्मचारी समेत होम आइसोलेसनमा बसेको हुँदा कार्य सम्पादनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

आफूसंगै अन्य कर्मचारी होम आइसोलेशनमा रहेको हुँदा नागरिकता राहदानी तथा राष्ट्रिय परिचयपत्र निर्माण जस्ता काममा धेरै प्रभाव परेको प्रजिअ पाण्डेले बताए ।

यस्तै डिभिजन वन कार्यालय पाल्पाका एक अधिकृतमा समेत संक्रमण पुष्टि भएपछि कार्यालयको काम प्रभावित भएको छ।उता राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख र एकजना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो समय दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै गएको हुँदा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाबासीमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer