बगनासकाली गाउँपालिकाका विद्यालय २० गतेसम्म बन्द हुने !

तानसेन । बगनासकाली गाउँपालिकाले मंगलबारदेखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमण रोकथामका लागि आगामी २० गते सम्मका लागि सबै विद्यालयमा संचलान भएका परीक्षा तथा पठनपाठनलाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले जानकारी दिईन् ।

बैठकबाट भारत तथा तेस्रो मुलुकबाट आउनेहरु नागरिकलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले बताए ।

यस्तै तत्काल १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने तथा भारत लगायतका मुलुकबाट आएका नागरिकको घरमै गएर पिसिआर परीक्षण गर्ने व्यवस्था गाउँपालकाले गर्ने निर्णय भएको प्रवक्ता अधिकारीले बताए ।
निर्णय भएको छ ।

पालिका भित्रका नागरिकमा स्वास्थ्य समस्या देखिएर अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै अक्सिजन पुर्याउने व्यवस्था समेत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी होम आइसोलेशनमा बसेका संक्रमितका लागि औषधि व्यवस्था गर्नुका सिाथै विपन्न परिवारका लागि स्पतालमा लागेको खर्च समेत गाउँपालिकाले वेहोर्ने निर्णय भएको पालिकाका प्रमुख कृष्ण बस्यालले बताए ।

गाउापालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबै नागरिककम अनुरोध गर्दै कुनै सभा,समारोह, विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप नगर्न समेत अनुरोध र सोकोउ उल्लघन गरेको पाईएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने पनि गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया