तानसेन । पाल्पामा बैशाख १७ गते राती १२ बजे २४ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १७ गते राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय प्रमुख जिल्ला अधिकारी योगेनद्र प्रसाद पाण्डेले जानकारी दिए ।

पछिल्लो समय नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको दोस्रो लहर चलेको र जिल्लामा सक्रिय संक्रमितको संख्या १९८ जना पुगेको हुँदा एक सताका लागि निशेषाज्ञा गर्न लागिएको प्रजिअ पाण्डेले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वाहेकका सवारी संचालनमा रोक लगाईएको छ । जस अन्तरगत शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, लगायतका सवारी मात्र संचालन हुनछन् ।

यस्तै खाद्य, होटल, तरकारी, मासु, र फलफूल पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र संचानल गर्न पाईने छ ।

स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै स्थानीय तहहरुले पुराना क्वारेन्टिन र आइसोलेशनलाई पुनः निर्माण गरि भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वोन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहमा वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने समेत स्थानीय प्रशासनले निर्देशन दिईएको छ ।

स्वास्थ्य संस्था तथा स्वास्थ्य सामग्री विक्रि वितरण गर्ने पसलहरु २४ सै घण्टा संचालन गर्ने, वैंकतथा वित्तिय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरि संचालन गर्ने  र अन्य गैर सरकारी संस्थाहरु पूर्ण रुपमा बन्द गर्न  स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

पहिलो चरणमा एक साताका लागि निषेश आदेश लागू गरिएकोमा संक्रमणको अवस्था अनुसार यसको समयाबधी थप गरिने पनि जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया