रैनादेवी छहरा गाउँपालिका आजदेखी बन्द!

पाल्पा । नयाँ भेरिएन्टसहितको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा अत्याबश्यक सेबा बाहेक सम्पूर्ण गतिविधि गर्न बन्द गरिएने भएको छ ।

गाउँपालिका भित्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखी लागू हुने गरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । पालिका भित्रका वडाहरुमा समेत अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीका अनुसार बन्दको समयमा अत्यावश्यक पसलहरु, औषधि, खाद्यान्न, तरकारी, ग्याँस लगायतका पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने छन् ।

पछिल्लो समय गाउँपालिकाभित्रका ५८ जनाको कोरोना परीक्षण गर्दा ३० जनाको ततिजा पोजभि देखिएकोमा सबैभन्दा धेरै वडा नं. ३ भुवनपोखरीका रहेको हुँदा सो वडामा उच्च सावधानी अपनाईएको पनि गाउापालिकाले जनाएको छ ।

संक्रमितहरुमा अधिकांश भारतबाट आएका रहेका छन् । संक्रमितका सम्पर्कमा आएका हरुको समेत स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।

पछिल्लो समय समुदायमा संक्रमण फैलिएको हुँदा गाउँपालिकाले थप संक्रमण फैलिन नदिनका लागि नागरिकहरुलाई घरभित्र बस्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया