
पाल्पा। पाल्पा जिल्लामा बिहिबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाल्पामा १२० जनाको पिसिआर परीक्षणमा ५० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । कोरोना संक्रमित मध्ये अधिकाँश रैनादेबी छहरा गाउँपालिकाभित्रका रहेका छन् । रैनादेबी छहराका २० जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी माथागढीका २ जना, रामपुर नगरपालिका तथा अस्पतालका ३ जना, पुर्वखोलाका १ जना, रम्भा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका १ जना,तिनाउ गाउँपालिकाका १,रिब्दिकोटका २ र तानसेन नगरपालिका तथा अस्पतालका २१ गरि कुल ५० जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सम्म अस्पतालमा २३ जना उपचारमा रहेका छन । होम आइसोलेसनमा ३ सय २ जना गरी कुल ३ सय २५ जना सक्रिय संक्रमित रहेको सूचना अधिकारी पन्थीले बताए ।