बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया