तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७१ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो । यस्तै २४ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
थपिएका संक्रमितसंगै जिल्लामा हाल ५६४ जना सक्रिय संक्रमित पुगेका छन् ।
संक्रमित मध्ये ५३५ जना होम आइसोलेसन तथा २९ जना विभिन्न अस्पतालका आइसोलेशनमा अपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा हालसम्म ४२ जना संक्रमितको मृत्यु समेत भईसकेको छ ।