तानसेन । पाल्पामा बुधबार थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका ३ का ७८ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले  दिएकाे जानकारी अनुसार मृतक पुरूषमा २० गते एन्टीजेट परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनको होम आइसोलेशनमा मृत्यु भएको हो । योसंगै जिल्लामा हालसम्म ४३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया