पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्मलाई थपियो !

तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई आजदेखि दोस्रो चरणमा थप गरिएको छ ।

पहिलो चरणमा गरिएको एक साताको निषेधाज्ञामा समेत संक्रमित बढ्ने क्रम नारेकिएपछि थप कडाईका साथ निषेत्राज्ञालाई थपिएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म लम्बाउने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा दैनिक सयबढीको संख्यामा संक्रमित थपिदै गएको हुँदा निषेधाज्ञालाई थप कडाई गर्ने समेत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

थपिएको समयवधीमा खाद्यान्न तथा तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको प्रजिअ पाण्डेले बताए ।

यसअघि संचालनमा रहेका निर्माण सामाग्री ढुवानी गर्ने सवारी समेत पूर्ण रुपमा रोक लगाई अत्यवश्य सेवाका सवारीहरु एम्बुलेन्स, दमकल, शववाहन, खाद्य दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्रै संचालन हुने भएका छन् ।

यस्तै औषधि पसल चौविसै घण्टा खुला रहने छन भने स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया