दोस्रो चरणको निषेधाज्ञामा सुनसान तानसेन!

तानसेन । पाल्पाा स्थानीय प्रशासनले आजदेखि लागु हुने गरि दोस्रो चरणको निषेधाज्ञा जारी गरेको छ ।

पहिलो चरणमा बैशाख १८ देखि २४ गतेसम्म गरिएको निषेधाज्ञामा समेत जिल्लामा संक्रमित बढ्नेक्रम नरोकिए पनि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेथ आगामी जेठ ४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधीलाई लम्बाईएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

जस अनुसार आज पहिलो दिन जिल्ला सदरमुकाम तानसेन बजार सुनसार भएके छ ।

साघुँरा गल्लीहरु समेत बजार सुनसान हुँदा फराकाला जस्तै भएका छन् । सडकमा केही मात्रामा दुध औषधी सुरक्षा र संचार क्षेत्रका बाहेक सवारीहरु संचालन हुन सकेका छैनन ।

यसैबिच सिदार्थ राजमार्ग तथा अन्य सडक खण्डहरुमा समेत अत्यावश्यक काम बाहेकका यात्रुको आवागमन रोक्नका लागि चेकजाचँमा समेत थप कडाई गरिएको छ ।

हेरौं तस्वीरहरुः

 

तपाईको प्रतिक्रिया