तानसेन। पाल्पामा आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा २ जना होम आइसोलेशनमा रहेका छन । तानसेन नगरपालिका वडा नं. २ की ७२ वर्षीया र तानसेन ५ की ८१ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै तानसेन नगरपालिका ६ का ५१ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिका ३ का ४६ वर्षीय पुरुष तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ का ४१ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पछिल्लो पटक मृत्यु भएकासंगै जिल्लामा हालसम्म ५१ जना संक्रमितको मृत्यु भएको भएको छ । जसमध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै अहिले सक्रिय संक्रमितको संख्या एक हजार ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया