बुटवलको कोरोना अस्पतालमा थप १० संक्रमितको मृत्यु!

बुटवल – बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दश जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

मृतक मध्ये ८ जना पुरुष र दुई महिला रहेका छन् । मृत्यु हुनेमा रुपन्देहीकी ५१ वर्षीया महिला,प्युठानको गौमुखी -७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष, रुपन्देहीको बुटवल- ११ का ३६ वर्षीय पुरुष, बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल १७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अक्सिजनको अभावका कारण पछिल्लो समय दैनिक संक्रमितको मृत्यु हुने क्रम बढेको छ ।

हाल मृत्य हुने संक्रमित मध्ये धेरै जसोमा स्वास प्रश्वासमा समस्या र निमोनिया रहेको अस्पतालले जनाएको छ । योसँगै संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २८५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer