![](https://www.nayadhar.com/wp-content/uploads/2021/05/butwal.jpg)
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने जिल्ला कोभिड संकट व्यवथापन केन्द्रले निर्णय गरेको छ ।
बुधबार बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय निषेधाज्ञाका समयमा समेत संक्रमित थपिने क्रम नरोकिएको हुँदा जेठ १३ गते बिहान ६ बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
निषेधाज्ञाको समयावधीमा शान्ति, सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स,औषधि तथा माल समान ढुवानी गर्ने सवारी मात्रै संचालन हुने स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै अत्यावश्यक बाहेकका सेवा बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय समेत बन्द गर्ने निर्णय गरिएको छ ।
यस्तै महामारीको समयमा मुलय वृद्धि तथा कृतिम अभाव नर्गनका लागि सबै व्यापारीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्देशन दिएको छ ।