पाल्पामा थप १२९ जनामा कोरोना पुष्टि, ८ जनाले कोरोना जिते !

तानसेन । पाल्पामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र ऐन्टिजेन परीक्षणबाट ५८ पुरुष तथा ७१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसंगै हाल जिल्लामा १ हजार ४८३ जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

सक्रिय संक्रमित मध्ये हाल ६५ जना विभिन्न अस्पतालमा उपचाररत छन । यस्तै   १४१८ जना संक्रमित भने होम आइसोलेशनमा बस्दै आएको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जना संक्रमित भने कोरोना जितेका छन । चार महिला तथा ४ जना पुरुषले कोरोना जितेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया