पाल्पामा २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि, ११७ जना निको भए

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पिसिआर परीक्षणबाट ६४ पुरुष र ४३ महिला गरि १०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ऐन्टिजेन परीक्षणबाट १० जना महिला तथा १३ पुरुष गरि २३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ५९ महिला तथा ५८ पुरुष गरि ११७ जना निको भएका छन् । हाल जिल्लामा एक हजार ५७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जसमध्य ७५ जना विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै ६९ जना अन्य आइसोलेशन तथा १५०२ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएसंगै जिल्लामा हालसम्म ६८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया