
तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ९० जना पुरुष तथा ८५ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
विभिन्न प्रयोगशालामा भएको १७१ जनाको पिसिआर परीक्षणमा ६१ महिला तथा ७२ जना पुरुषमा संक्रमण पष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
यस्तै १०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ महिला तथा १८ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११० जना संक्रमितले कोरोना जितेका छन् । अस्पताल तथा विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेशन र होम आइसोलेशनमा बसेका गरि ४३ महिला तथा ६७ पुरुषले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हाल जिल्लामा एक हजार ६१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।