तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १२७ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ७१ महिला तथा ५६ जना पुरुषले कोरोना जितेका हुन् । योसंगै जिल्लामा हालसम्म ३ हजार ८५७ जना संक्रमितले कोरोना जितेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन तथा पिसिआर विधिबाट गरिएको परीक्षणमा ३८ पुरुष तथा ५५ जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।

हाल जिल्लामा संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएसंगै सक्रिय संक्रमितको संख्यामा कमी आएके छ ।

एक साता अघिसम्म दैनिक संक्रमित बढेकोमा हाल जिल्लामा एक हजार ३९७ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै संक्रमण भएका मध्य ८१ जनाले भने ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया