
तानसेन। पछिल्लो २४ घण्टामा पाल्पामा थप ११५ जना कोरोनाका संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ६७ पुरुष तथा ४८ महिलाले संक्रमण जितेका हुन् ।
यस्तै बिहीबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचा अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० पुरुष तथा ४८ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
हाल जिल्लामा १ हजार ३८८ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्य ६२ अस्पतालको आइसोलेशन तथा ४८ जना स्थानीय तहको आइसोलेशन तथा १ हजार ३२६ होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।