तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी निषेधाज्ञालाई चौथो चरणमा ९ दिन थप गर्ने निणर्य गरेको छ ।
शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले चौथो चरणमा जेठ २४ गते राती १२ बजेसम्मका निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
थपिएकाे निषेधाज्ञाकाे उल्लघन गरेमा कडा कारबाही गर्ने निर्णय स्थानीय प्रशासनले गरेकाे छ ।
स्थानीय प्रशासनले मास्क नलगाई सार्वजनिक स्थलमा हिडेको खण्डमा पटकै पिच्छै एक सय रुपैँया जरिवाना गर्ने निर्णय गरेकाे छ । यस्तै बिरामी बाहेक सम्बन्धित अधिकारीलाई जानकारी नदिई दुई पांग्रे सवारी संचालन गरे सोही स्थानबाट दुई हजार तथा अन्य सवारीलाई ५ हजार रुपैँया जरिवाना गर्न सुरक्षा निकायलाई नै जिल्ला प्रशासनले निर्देशन दिएको छ ।
जारी अध्यादेशकाे पालना नगर्ने व्यक्तिलाई एक लाख तथा संस्थाकाे हकमा ५ लाखसम्म जरिवाना गर्ने स्थानीय प्रशासनले जनाएकाे छ ।
अध्यादेशकाे पालना नगर्ने व्यावसायी वा व्यक्तिलाई प्रजिअबाट अन्य सजायसंगै ६महिनाका लागि व्यवसाय बन्द गर्ने अादेश समेत हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
निर्णयहरू यसप्रकार छन्ः