पाल्पा काेराेना अपडेट

१४३ जनामा कोरोना पुष्टि, १३३ संक्रमण मुक्त

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ७७ पुरुष तथा ६६ जना महिलामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको १०३ जनाको परीक्षणमा १३ जना महिला तथा २२ जना पुरुष गरि ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै २२३ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ५३ जना महिला तथा ५५ जना पुरुष गरि १०८ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए । यस्तै पछिल्लो २४ घण्टामा १३३ जना संक्रमितले कोरोना जितेका छन् ।

६१ महिला तथा ७२ जना पुरुषले संक्रमण जितेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । थपिएका संक्रमितसंगै हाल जिल्लामा एक हजार ३२० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्य ५३ जना स्थानीय तहका आइसोलेशन ६६ जना अस्पतालको आइसोलेशन तथा एक हजार २७४ जना घरमै बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया