
पाल्पा । परियार समाज गुठी तानसेन र सार्थक नेपाल काठमाण्डौले स्वास्थय सामग्री र राहत वितरण गरेका छन् ।
दुई संस्थाले संयुक्त रुपमा तानसेन नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताल र पाल्पा अस्पतालको कोभिड युनिटका लागि स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
गुठीले तानसेन नगरपालिकाको कोभिड आइसोलेशन र पाल्पा अस्पतालका लागि १५ थान पिपिई सेट तथा १५ लिटर सेनिटाईजर, एक थान अक्सिमिटर र १० प्याकेट मास्क प्रदान गरेको छ । उक्त सामग्री गुठीका अध्यक्ष तीर्थ गौतमले नगर प्रमुख अशोक कुमार शाहीलाई हस्तान्तरण गरेका थिए ।
सामग्री वुझदै मेयर शाहीले नागरिककाले साना साना सहयोगले महामारी विरुद्धको लडाई लड्न स्थानीय सरकारलाई थप हौसला मिल्ने बताए । उनले परियार समाज गुठी र सार्थक नेपालले मानव समुदायको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गर्ने भाइरस विस्द्धको लडाईमा ज्यानको बाजी थापेर लड्ने योद्धाहरुको सुरक्षा सामग्री उपलव्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गरेका थिए ।
यस्तै पाल्पा अस्पताल विकास समिति अध्यक्ष नेत्र प्रदास पाण्डेले यसरी महामारीको समयमा सार्थक नेपाल र परियार समाज गुठीले जुटाएको सहयोगले प्रकोप नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सबै नागरिक एकजुट भएर लडियो भने छिट्टै यो विपद्बाट मुक्ति मिल्ने पनि बताए ।
दुई संथ्याले तानसेन सेरोफेरोका दैनिक मजदुरी गरेर जीवन निर्वाह गरिरहेका ३० विपन्न घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ के.जी.दाल, २ के.जी. चिनी १ के.जी. नुन लगायतका सामग्री प्रदान गरेको छ ।
राहत वितरण गर्दै अध्यक्ष गौतमले सानो सहयोगले यो महामारीका बेला मानव जीवनका लागि सार्थक प्रयास वन्न सक्ने विश्वास व्यक्त गरे । राहत सामग्री पाएसंगै मजदुरहरुले एक महिनाको गर्जो टरेकोमा खुसी व्यक्त गरेका थिए ।