पाल्पामा २४ घण्टामा १०९ जना संक्रमण मुक्त, ५४ जनामा कोरोना पुष्टि

निको हुने बढेपनि जोखिम कायमै

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ३९ महिला तथा ६० जना पुरुष संक्रमण मुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा एक हजार ३८० जनाले संक्रमणलाई जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी पन्थीले जानकारी दिए। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ तथा पीसिआर विधिबाट गरिएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हाे ।

संक्रमित मध्य ३४ जना पुरुष तथा २० जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा हालसम्म ७०० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भने ९८ जना संक्रमितको मृत्यु भएको छ। अहिले पनि जिल्लाका विभिन्न गाउँहरुमा कोरोनाको लक्षणसहितका बिरामी रहेको हुँदा संक्रमण जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य मापदण्डको पालना नगरि समुदायमा घुलमिल हुने र कोरोना परीक्षणमा आनाकानी गर्नेहरुको संख्या टोल टोलमा रहेका हुँदा संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer