
तानसेन । सिदार्थ राजमार्गको वैकल्पिक सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
मंगलबार लुम्बिनी प्रदेश सभाबाट आगामी आर्थिक वर्षका लागि गरिएको बजेट भाषणमा सिद्धबाबा क्षेत्रमा हुंदै आएको दुर्घटना कम गर्न वैकल्पिक सडक विस्तारका लागि १० कारेड बजेट विनियोजन भएको हो ।
मंगलबार प्रदेश सभाबाट बजेट भाषण गर्दै आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले सिद्धाबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्नका लागि १० करोड विनियोजन गरेका हुन् ।
उनले सिद्धबाबा सडकमा हुने दुर्घटनाको जोखिम रोक्नका लागि झुम्सा चरङ्गे सडकको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।
प्रदेश सरकारको योजना अन्तरगत सो सडकमा ३ वटा पक्की पुल निर्माण गरी सडक सञ्चालन गर्न बजेट विनियोजन गरेको बतईएको छ ।