पाल्पा । लगातारको झरीसंगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरु क्षेत्रधाममा जलमग्न भएको छ ।

नदीमा पानीको बहाव बढेपछि शव दहा सस्कार गर्न समेत समस्या भएको छ ।तीन जिल्लाको संगलस्थल रुरु क्षेत्रमा पानीको सतह बढेपछि ऋषिकेश मन्दिरको प्रवेशद्वार भित्रसम्म नदी प्रवेश गरेको स्थानीयले बताएका छन् ।

उता निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल समेत ढुवानमा परेको प्रहरीले जनाएको छ । यस्तै नदीको बगर क्षेत्र पूर्ण रुपमा ढुवानमा हिजो मात्रै दाहसस्कार गर्दे गरेको चिहान समेत नदीले बगाएको थियो । नदीको सतह बढेपछि नदी किनाराको रुख र टहराहरु समेत डुबाएको छ ।

पानी पर्नेक्रम नरोकिएको हँदा मन्दिरसंगै अन्य सो क्षेत्रका बस्तीहरु समेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

तस्वीरः स्याङ्जा सटुका पेज

उता कालीगण्डकी र खहरेखोला बढेपछि रानीमहल क्षेत्र समेत ढुवानमा परेको छ । स्थानीय बसन्त कुवंरले दिएको जानकारी अनुसार रानीमहल क्षेत्रमा निर्माण गरिएका आधा दर्जन टहराहरु पूर्ण रुपमा डुवानमा परेका छन ।

यस्तै नगरपालिकाले निर्माण गरेको बगैंचा समेत ढुवानमा परेको छ । पानी पर्नेक्रम नरोकिएको हुँदा रानीमहल दरबार समेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया