पाल्पामा दुई महिनामा ६० जना संक्रमितको मृत्यु, विवरणसहित

तानसेन। पाल्पामा बैशाख र जेठ महिनामा ६० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार कोरोनाको दोस्रो हलर सुरु भएपछि दुई महिनाको अवधिमा ६० जना संक्रमितले ज्यान गुमाएका हुन ।

ज्यान गुमाउनेमा तानसेन नगरपालिका तथा अस्पतालका सबैभन्दा धेरै ३१ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै माथागढीमा ८ जना, रामपुर नगर तथा अस्पतालका गरि ५ जना संक्रमितले ज्यान गुमाएका छन् । पूर्वखोला तथा रैनादेवी छहरा गाउँपालिकाका ४।४ जना, रम्भा र बगनासकाली गाउँपालिकाका ३।३ जना तथा रिब्दीकोट गाउँपालिकाभित्रका २ जना संक्रमितले ज्यान गुमाएको सूचना अधिकारी पन्थीले बताए ।

यस्तै निस्दी हालसम्म कुनै संक्रमितको मृत्यु भएको छैनन भने, तिनाउ गाउँपालिकमा भने दोस्रो लहरमा कुनै संक्रमितले ज्यान नगुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा संक्रमण फैलिए पनि मृत्युदरमा बृद्धि नभएको भए पनि दोस्रो लहरको सुरुवाती दिनदेखि नै मृत्युदरमा वृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसरी मृत्यु हुनेमा ३१ जना पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका छन भने २९ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका रहेका छन् । जिल्लामा हालसम्म १०० जना संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्ला दिनहरुमा संक्रमण र मृत्युदरमा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ तर संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन भने नसकेको हुँदा लक्षण देखिएका बिरामीको परीक्षण जोड दिन विज्ञहरुले सुझाब दिएका छन ।

तपाईको प्रतिक्रिया