सिद्धार्थ राजमार्ग एकतर्फी संचालन

तानसेन । तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा आएको छ ।

अविरल बर्षासंगै पहिरो खसेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर एकतर्फी रुपमा संचालनमा आएको हो ।

मंगलबार राती पहिरो खसेपछि अवरुद्ध भएको तानसेन – बुटवल सडकखण्डको गौडेपुलमा दुई दिनको प्रयासपछि एकतर्फी रुपमा सडक संचालन गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिबु खत्रीले बताए ।

हालका लागि सडक एकतर्फी सुचारु भएपनि दुईतर्फी रुपमा संचालनका लागि केही दिन लाग्ने उनले बताए ।

निरन्तरको झरीका कारण डुम्रेखोलामा पानीको बहाव बढेपछि कटान गर्दा सो स्थानमा ५० खमिटर सडक नै बगाएको थियो ।

वर्षा भएमा माथिबाट चट्टानसहितको पहिरो झर्ने जोखिम भने कायमै रहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया