मोबाइल चार्ज गर्दा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु

तानसेन । पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखरा आर्यडाँडाकी ३४वर्षीया नीरा विक रहेको प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरी चौकी हार्थोकका प्रमुख विष्णु रेग्मीले बताए ।

मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तस्वीरः गुगल

तपाईको प्रतिक्रिया