तानसेन । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडकखण्डमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका वडा नं. ६ घर भई हाल झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मत सम्बन्धि लेवर काम गर्ने ३६ वर्षको जग्गु डाँगी रहेको प्रहरीले जनाएको छ ।

पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु ६७ प ५९११ न. को मोटरसाइकलमा अनियन्त्रित भई सडकमा पल्टिन घाइते भएका डागीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकल पछाडी सवार बासगढी नगरपालिका वडा नं. ६ का अन्दिाजी ३० वर्षीय दीपेन्द्र चौधरी घाईते भएको हुँदा उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पालपाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

घटना सम्बन्धि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया