गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक युवाको मृत्यु

पाल्पा । गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट गाउँपालिका वडा नं. ४ का सिमाघाटका २१ वर्षीय मदन घर्ती रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा डुबेको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घटना बारे थप अनुसन्धानको लागि गुल्मी प्रहरीले प्रहरी निरिक्षक सन्तोष चन्दको कमाण्डमा ५ जनाको टोलि खटाएको जनाएको छ ।

तस्वीरःगुगल

तपाईको प्रतिक्रिया