
पाल्पा । तिनाउ गाउंपालिकाले कृषिमा आत्मनिर्भर बनाउन कृषि सामाग्री वितरण गरेको छ ।
एक गाउं एक उत्पादन भन्ने कार्यक्रम अनुसार गाउंपालिकाले किसानहरुलाई बीउ, मल, प्लास्टिक ,मल्चिङ र स्प्रे लगायतका सामग्री वितरण गरेको हो ।किसानले अनुदानमा बीउ तथा कृषि सामाग्री पाएपछि ख्ुसी देखिएका हुन ।
गाउंपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठका अनुसार तिनाउको वडा नम्बर १ को कुंडापानी, मुर्तुङ, ताल, वखलढुंगा, कचल लगायतका गाउं टोलमा कृषि सामाग्री वितरण गरिएको छ ।
गाउंपालिकाले छुट्टाएको १७ लाख बजेटबाट ८५ घरधुरीलाई कृषि सामाग्री वितरण गर्ने लक्ष्य अनुसार शुक्रबारसम्म ५१ घरधुरीका किसानलाई उक्त कृषि सामाग्री वितरण गरिएको छ ।
किसानहरुलाई आत्मनिर्भर बनाउने उद्वेश्यले तिनाउ गाउंपालिकाले कृषि कार्यक्रम ल्याएको प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।