पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

तानसेन ।ढुंगासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएराती राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबा मन्दिर नजिकै ठूला ढुंगासहितको पहिरो खसेको हुँदा राती देखि नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि दुई वटा एक्स्काभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको दोभान प्रहरी चौकीका प्रमुख सोम बहादुर सारुले जानकारी दिए ।

ठूला ढुंगासहितको पहिरो भएको हुँदा सडक सुचारु गर्न धेरै समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

दुईतर्फी सवारी संचालन गर्न नसके पनि दिउसोदेखि एकतर्फी रुपमा सडक खुलाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द भएपछि मालबहाक सवारीसंगै मोटरसाईकल तथा अत्यावश्यक सेवाका सवारी समेत प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया