तानसेन । ढुंगासहितको पहिरो खसेपछि गएरातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।
उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबा मन्दिर नजिकै ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन पाल्पा र प्रहरीको संयुक्त पहलमा सडक एकतर्फी खुलेको हो । सडक खुलाउन बिहानैदेखि दुई वटा एक्स्काभेटरले काम गरेका थिए । दोभान प्रहरी चौकीका नुसार हालका लागि एकतर्फी रुपमा सवारी संचालन गरिएको छ ।
ठूला ढुंगासहितको पहिरो खसेको हुँदा दुईतफी सवारी संचालन गर्नका लागि अझ केही समय लाग्ने प्रहरीले जनाएको छ ।