बिरकोट पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

पाल्पा । पुर्बखोला गाउँपालिका पाच बिरकोट पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच  बिरकोटलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हाे ।

प्रमुख अतिथी पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पोषणयुक्त खाना खाने बानीले स्वास्थ्य राम्रो हुँदै गएको बताए ।

मानिसले स्वास्थ्यप्रति ख्याल गर्दा पोषणयुक्त खाना खानुपर्ने अध्यक्ष थापाले बताए ।

विशिष्ट अतिथी उपाध्यक्ष भागीरथी भट्टराई स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, बेस नेपाल सुहाराका संयोजक दिनेश घिमिरे, स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेल वडा सदस्य याम बहादुर सारु पार्बती हिताङग बेस नेपाल सुहाराका प‍ोषण सहजकर्ता सागर हिस्की लगायतले स्वच्छ जीवनयापनमा ध्यान दिनुपर्ने बताए

पुर्बखोला गाउँपालिका पाँच बिरकोटको वडा सदस्य तथा गाउपालिकाको कार्यकारिणी सदस्य साबित्रा थापाको अध्यक्षता कार्यक्रम चलेको हो ।

स्वास्थ्य चौकीकी सूचना अधिकारी रतना फालको संचालन र अनमी लक्ष्मी थापाको स्वागत मनतब्यबाट कार्यक्रम सम्पन्न  भएको थियाे।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer