
तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई केही खुकुलो गरेर असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।
अहिले पनि जिल्लामा संक्रमणदर नघटेको हुँदा निषेधाज्ञालाई कायमै राखि आठौं चरणमा निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञामा केही खुकुलो पारेर ३१ गते राती १२ बजेसम्म लागु गरिन लागेको हो ।
थपिएको निषेधाज्ञामा सबै खाले पसलहरु बिहान ७ देखि दिउसो ३ बजेसम्म खुल्न पाउने भएका छन् । यस्तै अत्यावश्यक बाहेकका सार्वजनिक सवारी संचालनमा भने पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
निजी सवारी भने आन्तरीक रुपमा संचालन गर्न पाईने एको प्रजिअ पाण्डेले बताए ।
आजदेखि केही खुकुलो गरेर निषेधाज्ञा लागु हुने भए पछि सबै व्यापारीहरु उत्साहित भएका छन् । तर स्वास्थ्य मापदण्डको पालनामा चासो नदिदा भने अहिले पुनः संक्रमण बढेकोविज्ञहरुको भनाई छ ।
सुरुदेखि नै बन्द रहेका मानिसहरुको भिडभाड हुने विद्यालय, कलेज तथा धार्मिक स्थलहरु, फिल्महल पार्लर, शैलुन लगायतका स्थानहरु भने बन्द नै रहेका छन् ।
हेर्नुहोस स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका निर्णयहरुः