तिनाउ पहिरो अपडेटः

पाच घरमा क्षति, एक जनाको मृत्यु, एक बालक बेपत्ता, ७ जना घाईते (विवरणसहित)

तानसेन । पाल्पाको तिनाउ गाउापालिका वडा नं. ५ हिउँदेखोला नजिकै गएको पहिरोबाट पाँच घरमा क्षति पुगेको छ ।

उक्त पहिरोमा स्थानीय एक जनको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही पहिरोमा परि ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

सूचना अधिकारी त्वातीका अनुसार घाईते भएका तिनाउ गाउँपालिका वडा नं. ५ की अन्दाजी ७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, उनकी श्रीमती २४ वर्षीय पुजा परियार, सोही स्थानका ५० वर्षीय बल बहादुर पुन, १५ वर्षीय दिपेश पुनको प्रभासस्थित लुम्बिनि मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै सोही स्थानका २० वर्षीय आकाश तामाङ र २२ वर्षीय दिल बहादुर रानासमेत घाईते भएकोमा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोले सोही स्थानका ४५ वर्षीय बीरबहादुर गुरुङको १ तले कच्ची घर पूर्ण रुपमा क्षति पुर्याएको छ ।

यस्तै २६ वर्षीय रमेश परियार खरको छानो भएको १ तले कच्ची घर, ३९ वर्षीय नर बहादुर रानाको १ तले पक्कि घरमा समेत क्षति पुर्याएको छ । सोही स्थानका २९ वर्षीय हरी दर्लामीको २ तले कच्ची घर र ५२ वर्षीय बल बहादुर पुन १ तले कच्ची घर गरि ५ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

सो स्थानमा गएराती गएको पहिरोबाट ४५ वर्षीय बीर बहादुर गुरुङको मृतयु एको छ भने ४ वर्षीय आरोप परियारको बेपत्ता रहेका छन् । अहिले पनि पानी परेका कारण राहत राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको र उद्दारमा समेत समस्या भएको स्थानीय विष्णु पाण्डेले जानकारी दिए ।

तस्वीरः कृष्ण पाण्डेको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer