![](https://www.nayadhar.com/wp-content/uploads/2021/07/208650391_1434638696917301_2147634111725206281_n.jpg)
तानसेन । तिनाउको पहिरोमा बेपत्ता बालकको शब फेला परेको छ । अविरल वर्षासँगै बिहीबार बिहानै खसेको पहिरोमा बेपत्ता भएका तिनाउ ५ का ४ वर्षीय आरम्भ परियारको शब फेला परेको हो ।
नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी र स्थानीयले खोजी गर्दा बिहीबार दिउसो पहिरोले च्यापिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । बालकको शव पोस्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको पनि प्रहरीले जनाएको छ ।
योसंगै सो पहिरोमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । बिहानै आफ्नै घरमा आएको पहिरोमा परि ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो । पहिरोले ५ घरमा क्षति पुर्याएको र७ जना घाईते भएको पनि प्रहरीले जनाएको छ ।
उता पहिरोका कारण बिहानैदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग संचालन हुन सकेको छैन अन्य स्थानको पहिरोहाएर एकतर्फी सवारी सुचारु भए पनि सिसुवार रपानीमिलमा ठूला ढुंगासहितको पहिरोले सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
यस्तै आर्यभञ्यांग रामपुर सडकको ताहँ नजिकै पहिरो सडक अवरुद्ध भएको छ । यस्तै जिल्लाका अन्य ग्रामीण सडकमा समेत पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
![](https://www.nayadhar.com/wp-content/uploads/2021/07/208650391_1434638696917301_2147634111725206281_n.jpg)
पानी पर्नेक्रम नरोकिएको हुँदा सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।