तानसेन । अविरल वर्षासंगै ठाउँठाउँमा पहिरो खसेपछि बिहानदेखि अबरुद्ध सिद्धार्थ राजमार्ग पहिरो पन्छाएर एकतर्फी रुपमा सुचारु भएको छ ।
बिहानै ढुंगासहितको पहिरो खसेपछि पानीमिल, हिउदेखोला तथा सिसुवामा अवरुद्ध सडक एकतर्फी रुपमा संचालनमा आएको हो ।
हालका लागि साना सवारी र दुईपाग्रे सवारी प्रवेशका लागि सडक सुचारु भएको स्थानीय कृष्ण पाण्डेले बताए । सडक छेउमा रहेका ठूला ढुंगाहरु पन्छाउन बाकी रहेको हुँदा मालबहाक सवारी संचानलमा आउन नसकेको उनले बताए ।
उता सिद्धार्थ राजमार्ग अन्तरगत रम्भा ३ पिपलडाँडा, बगनासकाली ४ को शेरा, तिनाउकाे सिद्धबाबा लगायतका स्थानमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
सडक डिभिजन पाल्पा, प्रहरी तथा स्थानीयको पहलमा पहिरो पन्छाउने कार्यहरु भएका प्रहरीले जनाएको छ ।