पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

तानसेन । अविरल वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

गएराती सिद्धार्थ राजमार्ग अन्तरगत बर्तुङ्ग राम्दी सडकखण्डको दुई स्थानमा खसेको पहिरले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार उक्त राजमार्गको रम्भा गाउँपालिका ३ अगाहाँखोला तथा बगनासकाली गाउँपालिका ४ शेरामा पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै राम्दीकाे उप्सा पुल नजिकै पनि पहिराेले सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । पहिराे निजकै रहेका घरहरू जाेखिममा परेकाे स्थानीयकाे भनाइ छ ।

तस्वीरः राज बस्यालकाे फेसबुकबाट ।

गएरातीदेखि नै सडक अवरुद्ध भए पनि पानी पर्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउने कार्य सुरु नभएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन पाल्पाको स्काभेटर पहिरो गएको स्थलमा जादै गरेको भएपनि दुईवटा पहिरो पन्छाउन केही समय लाग्ने पनि प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा माहबहाक सवारीसंगै अत्यावश्यक सेवाका सवारी समेत बीच सडकमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया