यो साता पनि मनसुन सक्रिय रहने

काठमाडौँ । यो साता पनि मनसुन सक्रिय रहने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनदेखि देशभर मनसुनी वायुको प्रभावले हाल्कादेखि भारी वर्षा भइरहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ घर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

आगामी २४ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षा भइरहेको महाशाखाले जनाएको छ। निरन्तरको वर्षासंगै पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

यसैगरी, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा मानिसहरुको दैनिक जीवन संगै यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया