तानसेन । पाल्पामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार १३ पुरुष तथा १० महिला गरि थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक ४१ जनाको पीसिआर विधिबाट परीक्षण गर्दा १० तथा ७१ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यस्तै पछिल्लो पटक ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३९ महिला ४३ पुरुष रहेको सूचना अधिकारी पन्थीले बताए । योसंगै जिललामा हालसम्म ७ हजार २६ जनाले संक्रमणलाई जितेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हाल जिललामा ४९५ जना सक्रिय सङ्क्रमित रहेका छन भने ११४ जना संक्रमितको मृतयु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।