तानसेन। वर्षासंगै पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा खण्ड संचालमा आएको छ ।

विहानैदेखि ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सुचारु गरिएको छ । पहिरो सिद्धार्थ राजमार्गको राम्दी, शेरा, अगाहाखोला, पानीमित, झुम्सा, तल्लो र माथिल्लो सिद्धबाबामा सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन पाल्पा र प्रहरीसंगै स्थानीयको पहलमा केही स्थानमा दुईतफी तथा केही स्थानमा एकतर्फी रुपमा सडक सुचारु गरिएको सडक डिभिजन पालपाका सूचना अधिकारी शिबु खत्रीले बताए ।

हालका लागि एकतर्फी रुपमा सवारी संचालन भए दुईतफी रुपमा सवारी संचालन गर्न केही दिन घाम लाग्नुपर्ने प्रहरीले जनाएको छ । पहिरो खस्ने जोखिम कायमै रहेको हुँदा अत्यावश्यक काम नपर्दा रातीको समयमा यात्रा नर्गन पनि प्रहरीले यात्रुहरुमा आग्रह गरेको छ ।

अहिले पानी नपरेको हुँदा पहिरो रोकिएको भए पनि पानी पर्नासाथ पहिरो खस्न सक्ने हुँदा यात्रा गर्नुपुर्व प्रहरीलाई सोधेर मात्र यात्रा गर्नका लागि जिल्ला प्रहरी कार्यालयले यात्रुहरुमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया