तानसेन । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतरवार दिउसो तिनाउ गाउँपालिकाको दोभानदेखि सिस्नेरी तर्फ जादै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टरको अगाडीको दायाँ तर्फको टायर फुस्किदा  तिनाउँ गाउँपालिका वडा नं. २ का ३८ वर्षीय ३८ दुर्गा बहादुर गाहाको मृत्यु भएको हो ।

आफैले चलाएको ट्याक्टरले च्याप्न उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टायर फुस्किएर अनियन्त्रत भएको ट्याक्टर सडकबाट अन्दाजी ७ मिटर तल खोल्सामा खस्दा सहचालक ४२ वर्षीय एक बहादुर थापा घाईते भएकोमा उपचारको लागि स्थानीय मेडिकलमा पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

घटना बारे थप अनुसनधान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया