तानसेन । पाल्पामा पछिल्लाे २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थपिनेमा ३४ महिला तथा २५ जना पुरुष रहेका छन् ।

पछिल्लो पटक ५७ जनाको पीसिआर परीक्षण गर्दा १७ जना र १ सय ५१ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५४ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा ५ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने १ सय १४ जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया