तानसेन। पछिल्लो २४ घण्टामा पाल्पामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएके जानकारी अनुसार पीसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२ पुरुष तथा १७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक ३८ जनाको पीसिआर विधिबाट गरिएको परीक्षणमा ११ तथा ८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५५ जनाले भने संक्रमण जितेको सूचना अधिकारी पन्थीले बताए ।
जिल्लामा हालसम्म ४६५ जना सक्रिय सङ्क्रमित रहेको बुधबार थप एक पुरुषको निधन पश्चात हालसम्म ११५ जना संक्रमितको मृत्यु भएके स्वास्थ्य कार्यालयल पाल्पाले जनाएको छ ।