पाल्पाको डुम्रे नजिकैकाे पहिरोले ट्याक्टर जेसिबी पुरिए,एक जनाको मृत्यु, एक घाइते

पाल्पा ।  तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गएराति पहिरोले एक ट्याक्टर दुई ओटा जेसिबी पुरिएका छन् ।

पहिरो ट्क्याटर र जेसीवी पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा बर्दिया अस्मेरी गाउँपालिका– ३ घर भइ हाल तिनाउ गाउँपालिकाको डुम्रेमा बसोवास गर्ने २७ बर्षीय महेन्द्र पुन रहेका छन् ।

तिनाउ गाउँपालिका –६ डुम्रेस्थित भित्र कच्ची सडक खण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जादै गरेको ट्याक्टर हिलो फसेपछि दुई ओटा जेसिबीले  निकाल्न खोदा पहिरो पुरिएको प्रहरीले जनाएकाे छ।

ट्याक्टर सहयोगी पुनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको सूचना अधिकारी त्वातीले बताए ।

यस्तै पिहराेमा परि  लु १ क २४९६ नं.को जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० बर्षीय  सरोज बुढा घाइते भएको उनकाे लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएकाे छ  ।

हिलोमा फसेको लु ४ त ६६२९ नं.को ट्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा एक ट्याक्टर र दुई ओटा अर्को लु १ क २४९७ र लु १ क २४९६ नं. जेसिबी पुरिएको थियो ।

अहिले दुई जेसिबी र एक ट्याक्टर पहिरोमै रहेको हुँदा स्थानीय र प्रहरीले पहिरो पन्छाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer