तानसेन। पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ छापडाँडामा एकजना महिलाको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५१ वर्षीया दिल कुमारी सुनारी रहेका प्रहरीले जनाएको छ ।

सुनारीको आफ्नै घरको काठको घरको भर्याङबाट खसेपछि शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

अन्दाजी ८ फिट लामो काठकोे भर्याङबाट खसेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया