जबरजस्ती करणी गरि जन्मिएको शिशुकाे मृत्युपछि करणी गर्ने पुरुष पक्राउ!

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका अन्तरगतकी ३४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको लिखित जाहेरीका आधारमा ४४ वर्षीय अर्जुन विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अबिवाहित महिलाले जन्माएको शिशुको मृत्यु पश्चात अर्जुजले करणी गरेको जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

गत असार ३० गते जन्मिएको बच्चाको उपचारका क्रममा मृत्यु भएपछि उक्त बच्चाको बाउ अर्जुन रहेको र उनले जबरजस्ती करणी गरेको भन्दै लिखित जाहेरी प्राप्त भएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

करणी भएको लामो समयपछि जाहेरी प्राप्त भएको हुँदा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ । ४४ वर्षीय अर्जुन भने विबाहित रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया