पाल्पाको विद्युत समस्या समाधानका लागि गल्याङ-पाल्पा प्रशारण लाइन जडान

तानसेन । पाल्पामा दैनिक रुपमा हुँदै आएको विद्युत कटौतीको समस्या समाधान भएको छ ।

बुटवलदेखि जंगलको बाटो भएर ल्याइएको ३३ केभी प्रशारण लाइनमा पटक पटक समस्या आएपछि आधिखोलास्थित गल्याङ-पाल्पा प्रशारण लाइन जडानसंगै समस्या समाधान भएको हो ।

बर्षायाममा मात्र नभएर बाह्रै महिना विद्युत प्रशारण अवरुद्ध हुँदा सास्ती खेप्दै आएका जिल्लाबासीलाई राहत पुर्याउन पाल्पा र गुल्मी जिल्लाका लागि आधिखोलादेखि ३३ केभी प्रसारण लाइन सप्लाइ गरिएको पाल्पा वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले बताए ।

दुई जिल्लाका लागि दैनिक विद्युत कटौतीको समस्या समाधान गर्न गल्याङ-पाल्पा प्रशारण लाइनले सहयोग पुर्याउने प्रमुख पौडेलले बताए ।

बुधबार बिहानैदेखि बुटवल पाल्पा प्रशारण लाइनको बीच भागमा पहिरोले पोलहरु बगाएपछि विद्युत अवरुद्ध भएको थियो । यस्तै यसअघि पनि करिब एक सातासम्म विद्युत आपूर्ती हुन नसक्दा जिल्लाबासीले समस्या खेप्दै आएका थिए।

लामो जंगलको बाटो भएर तार ल्याउनुपर्ने हुँदा पाल्पामा विद्युत समस्या हुँनासाथ समस्या समाधान गर्न समेत समस्या हुँदै आएकेमा नयाँ प्रशारण लाइन जडानले सहज हुने विश्वास पाल्पा वितरण केन्द्रले लिएको छ ।

दैनिक रुपमा दर्जनौं पटकबढी विद्युत काटौतीका कारण सास्ती खेप्दै आएका विद्यार्थीसंगै उद्योगी, व्यापारी र संचारकर्मीले समेत नयाँ प्रशारण लाइन जडान पश्चात नियमित विद्युत आपूर्तीले दैनिक कामकाजमा सहज हुने अपेक्षा रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया