अपमान सहेर बसिदैनः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।

उनले क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहना आफ्नो रहेको बताए ।

अहिले एमाले भित्र रहेको बिवाद बारे बोल्दै नेता नेपालले भने, ‘कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास हुनु भएको बताउदै सबैको मर्यादा राख्नुपर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया