पाल्पा।जिल्लाकाे रिब्दिकाेट गाउँपालिकाको आयोजनामा जननेता पुष्पलाल तथा विपि स्मृति दिवसको अवसरमा बिहिबार अन्तरक्रिया सम्पन्न भएको छ ।
पुष्पलालको ४३ औं र बिपि को ३९ औं स्मृति दिवस एक समारोह बीच अन्तरक्रियामा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले पुष्पलाल र वि पी दुबै नेपाली राजनीतिक आन्दोलनका माध्यमबाट देशको मुहान परिवर्तनको अगुवा रहेको र उहाहरूले प्रतिपादन गरेको सिद्धान्त आर्दश रहेकोले सबैले अनुसरण गर्नुपर्ने बताए ।
नेकपा एमालेका गाउँपालिका अध्यक्ष चिरञ्जीवी पोख्रेलले पुष्पलालको जिबनको बारेमा कार्यपत्र माथि टिप्पणी गर्दै नेता पुष्पलालले पुँजीवादी पार्टीहरूबाट गरिब मजदुर किसान, सुकुम्बासी, मध्यम वर्गीय नागरिकहरूकाे हित हुन नसक्ने भएकोले नेपाल जनताकाे मुक्ति सम्भव नहुने र पुष्पलालले नेता भन्दा नीतिमा विशेष जोड दिएको बताए ।
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका अध्यक्ष रामचन्द्र पाण्डेबाट नेपाली काङ्ग्रेसका सस्थापक बिपिको जीबन बारे कार्यपत्र प्रस्तुत गर्दै जहानिया राणा शासनकाे अन्त्य गर्ने देखि राष्ट्रियताका निम्ति महत्वपूर्ण भुमिका रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले पुष्पलाल र वि पि काेइरालाले नेपाली राजनीतिक आन्दोलनमा निकै महत्वपुर्ण याेगदान पुर्याएकाेले बताइन ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा रिब्दीकोट इन्चार्ज माधब आचार्य, नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँ कमिटी अध्यक्ष मेघराज आचार्यले देश आमूल परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा पत्रकार जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियाे ।